एनपीएलमा एक से एक विदेशी खेलाडी, श्रृङ्खलाको काठमान्डु गुर्खाजले भित्राएका नयाँ लेग स्पिनर को हुन्?
काठमाडौं– मंसिर १५ गतेदेखि त्रिवि मैदानमा सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)मा फ्रेन्चाइज क्लवहरूले एक से एक विदेशी खेलाडी भित्राउने र नयाँ सम्झौता गर्ने क्रम चलिरहेको छ।
पछिल्लो पटक काठमान्डु गुर्खाजले नयाँ खेलाडी अनुभवले पोख्त इङ्लीस लेग स्पिनरलाई भित्राएको छ। इङ्ल्यान्डका ३२ बर्षिय नाथन सोउटर पिचमा उत्रिने निधो भइसकेको छ।
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजमा उनी पाँचौं विदेशी खेलाडी हुन्। अर्का दुई इंग्लिस क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटसहित नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट, नामिबियाका कप्तान मर्वी जेर्राड इरसमसलाई टोलीले यसअघि नै अनुबन्ध गरिसकेको छ।
सोउटरले इंग्लिस घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्, विशेष गरी टी–२० ब्लास्टजस्ता प्रतियोगितामा। उनको विशेषता र खेल जिताउने क्षमताले आफ्नो टोलीलाई यस सिजनमा थप प्रतिस्पर्धी बनाउने विश्वास काठमान्डु गुर्खाजले लिएको छ।
अस्ट्रेलियामा जन्मिएका उनले न्यु साउथ वेल्सको यू–२३ टोलीबाट खेलेका थिए। उनीसँग द हन्ड्रेड्स, भाइटालिटि ब्लास्ट, क्यारेबियन प्रिमियर लिग, इन्टरनेसनल लिग टी–२० खेलको अनुभव छ। सोक्रममा उनले १४३ टी–२० खेलमा ७.६० को इकोनोमीमा १५४ विकेट र ११२.९० को स्ट्राइक रेटमा २ सय ४५ रन बनाएका छन्।
करण केसी ‘मार्की’ खेलाडी रहेको काठमान्डु गुर्खाजले अक्सनबाट शाहव आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई लिएको थियो। टोलीको मुख्य प्रशिक्षकमा वसन्त शाही रहेका छन्।
काठमान्डु गुर्खाजकी मालिक पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा हुन्।