मध्यरातसम्म बालुवाटारमा कांग्रेस–एमालेका को–को थिए, आखिर कुरो के थियो?
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरू मंगलबार मध्यरातसम्म बालुवाटारमा ‘चीन भ्रमण मन्थन’मा रहेको बताइएको छ।
ओलीको आसन्न चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन सम्झौता गर्ने कि नगर्ने भन्ने विषयमा व्यापक चर्चा भएको बालुवाटार स्रोतले जनाएको छ।
बालुवाटार बैठकमा ओली र देउवासहित सत्ता संयन्त्रका संयोजक कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, रक्षामन्त्री आरजु राणा देउवा, एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी थिए।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण तयारीका एजेन्डाहरुमा छलफल भएको हो। यसबाहेक सरकारमा मन्त्री हेरफेरको चर्चाका विषयमा पनि छलफल भएको थियो। बालुवाटार उच्च स्रोतका अनुसार अहिले कांग्रेस या एमाले कतैतिरका पनि मन्त्री नफेरिने निधो पनि भएको छ।