गायक एआर रहमान र सायरा गरे सम्बन्ध विच्छेद
काठमाडौँ- भारतीय गायक एआर रहमान र सायरा सम्बन्ध विच्छेद गरेका छन्।
उनीहरूले विवाहको २९ वर्षपछि सम्बन्ध विच्छेद गरेका हुन्। उनीहरूको वकिलले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका छन्। सायराका अनुसार उनीहरूको सम्बन्ध निकै कष्टकर अवस्थाबाट गुज्रिरहेको थियो। जसलाई सम्हाल्न उनलाई मुस्किल भइरहेको थियो। जसका कारण उनले सम्बन्ध तोड्ने निर्णय लिएकी छन्।
सायराले यो लामो समय सोच विचार गरेर लिएको निर्णय हो। उनले प्रेस रिलिजमा आफ्नो सम्बन्ध बचाउन नसक्ने बताएकी छन्।
'विवाहको धेरै वर्षपछि श्रीमति सायराले आफ्नो श्रीमान एआर रहमानसँग अलग हुने निर्णय लिएकी छन्। यो निर्णय उनीहरूको सम्बन्धमा महत्वपूर्ण भावनात्मक तनावपछि आएको हो। एक अर्काप्रति गहिरो माया हुँदा पनि तनाव र कठिनाइले यस्तो खाल्डो पैदा भयो जसमा कुनै पक्ष सुधार देखिएन। श्रीमति सायराले दुख र पीडाका कारण यो निर्णय लिएकी हुन्,' प्रेस रिलिजमा लेखिएको छ।
एआर रहमान र सायराको विवाह १९९५ मा भएको थियो। उनीहरूको तीन बच्चा खतीजा, रहीमा र आमीन छन्।