Nic Ad Nic Ad
Nic Ad Nic Ad

कृषि प्रवर्द्धन अनुदान स्वीकृत गर्ने कोशी प्रदेश सरकारको निर्णय

बुधबार, मंसिर ५, २०८१

विराटनगर- कोसी प्रदेश सरकारले कृषि तथा सहकारी मन्त्रालयमार्फत आएको प्रदेश कृषि प्रवर्द्धन अनुदान तेस्रो संशोधन नियमावली–२०८१ स्वीकृत गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश कृषि प्रवर्द्धन अनुदान स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले जानकारी दिए ।बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रदेशको स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन छुट्टै ऐन निर्माण गर्न सैद्धान्तिक सहमति दिने र आयुर्वेद चिकित्सा सेवा अध्ययन, अनुसन्धान एवं सम्भाव्य अध्ययन गर्न बनाइएको कार्ययोजनालाई थप ३० दिन समय दिने निर्णय गरेको प्रवक्ता राईले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्