९ अंकले बढ्यो नेप्से, कारोबारमा गिरावट
काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.०९ अंकले बढेको छ । आज नेप्से ०.३३ प्रतिशतले बढेर २७११.७५ विन्दुमा पुगेको हो ।
नेप्से बढ्दा कारोबार भने घटेको छ । ७ अर्ब ९ करोड २८ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर कारोबार भएको छ ।
१४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
३२३ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार ३०३ पटक शेयर किनबेच भएको छ । ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
१३ समूहमध्ये ५ वटा समूह घटेको छ भने ८ वटा समूह बढेको छ । सबैभन्दा बढी विकास बैंक समूह ३.३८ प्रतिशतले बढेर ५ हजार ७०२.२४ विन्दुमा पुगेको छ ।
त्यस्तै, फाइनान्स १.६६ प्रतिशतले, होटल तथा पर्यटन ०.४५ प्रतिशतले, हाइड्रो १.२८ प्रतिशतले, लगानी ०.२० प्रतिशतले, लघुवित्त ०.०७ प्रतिशतले, म्युचुअल फण्ड ०.३८ प्रतिशतले र ट्रेडिङ समूह ०.२७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी वाणिज्य बैंक समूह ०.२६ प्रतिशतले घटेर १ हजार ५०३.३० विन्दुमा आएको छ । साथै, जीवन बीमा ०.१८ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.०० प्रतिशत ०.२१ अंकले, निर्जीवन बीमा ०.२१ प्रतिशतले र अन्य समूह ०.०७ प्रतिशतले घटेको हो ।