Nic Ad Nic Ad
Nic Ad Nic Ad

सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब, चार महिनामै थपियो ८४ अर्ब

बुधबार, मंसिर ५, २०८१

काठमाडौं - सरकारको सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको एक तथ्यांक अनुसार नेपालले लिएको यस्तो ऋण पछिल्लो चार महिनामा मात्रै ८३ अर्ब ९५ करोड रुपैयाँले बढेको छ । चालू आर्थिक वर्षको सुरुमा यस्तो सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको थियो ।

यस्तो ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ भने बाह्य ऋण १२ खर्ब ६५ अर्ब रुपैयाँ रहेको पनि सार्वजनिक ऋण कार्यायलले सार्वजनिक गरेको एक तथ्यांकमा उल्लेख छ ।

सरकारले पछिल्लो ४ महिनामा ८६ अर्ब ३१ करोड रुपैयाँ ऋणको सावा र ब्याज भुक्तानी गरेको छ । यस्तो रकम आन्तरिक ऋणकोलागि ७२ अर्ब ७४ करोड र बाह्य ऋणको लागि १३ अर्ब ५७ करोड रुपैयाँ भुक्तानी गरेको पनि तथ्यांकमा देखिएको छ ।

सरकारले लिएकाे यो ऋण हालकाे करिब २ करोड ९६ लाख ३८ हजार जनासंख्याको आधारमा हरेक नेपालीकाे थाप्लोमा करिब ८५ हजार रुपैयाँ ऋणभार पर्ने देखिन्छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्