Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्न पत्र छाप्न माग

बुधबार, मंसिर ५, २०८१

काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालय (एमयू)का सम्पूर्ण प्रश्न पत्रहरू अंग्रेजी र नेपाली दुवै भाषामा छाप्न विद्यार्थीहरूले माग गरेका छन् ।

बुधबार विद्यार्थीहरूले परीक्षा व्यवस्थापन कार्यालयलाई एक ज्ञापन पत्र बुझाउँदै विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरूको प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गर्नुपर्ने माग गरेका हुन् ।विश्वविद्यालयको शिक्षाशास्त्र संकाय, कानुन संकाय, व्यवस्थापन र मानविकी संकायका विद्यार्थीहरूले परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख सहप्राध्यापक डा. दीपक अधिकारीलाई भेटेर ज्ञापन पत्र बुझाएको शिक्षा संकायको स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी दीपक उपाध्यायले जानकारी दिए ।

उनले भाषाका कारण विद्यार्थीहरूको ज्ञान मर्नु हुँदैन भन्ने मान्यतालाई आत्मसाथ गर्दै अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र प्रकाशन गरिनु पर्ने बताए ।

मुलुकको सबैभन्दा ठुलो त्रिभुवन विश्वविद्यालयले समेत अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र प्रकाशन गर्ने निर्णय गरेको भन्दै विद्यार्थीहरूले एमयूलाई पनि सो व्यवस्था लागु गर्न आग्रह गरेका हुन् । विद्यार्थीहरूको ज्ञापन पत्र बुझ्दै परीक्षा व्यवस्थापन प्रमुख अधिकारीले पनि विद्यार्थीको माग जायज भएको र यसबारे कार्यालयको तर्फबाट सकारात्मक भूमिका खेल्ने बताएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्