Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल प्रिमियर लिग

भारतीय मिडियाहरू किन भनिरहेका छन् आईपीएलभन्दा रोचक र भयानक हुनेछ एनपीएल?

बिहीबार, मंसिर ६, २०८१

काठमाडौं– खेल क्षेत्रको विश्वकै ठूलो टेलिभिजन कभरेज गर्ने ‘स्टार स्पोर्टस’मा नेपाल प्रिमियर लिग (एनपीएल)को प्रशारण निश्चित भएपछि भारतमा यसको ब्यापक चर्चा सुरु भएको छ। 

भारतीय राष्ट्रिय टिमको पूर्वओपनर शिखर धवनको प्रवेशले मात्र होइन अन्य कारणले पनि एनपीएलको चर्चाले स्थान पाएको छ। कतिपयले संसारकै सबैभन्दा ठूलो घरेलु लिग इन्डियन प्रिमियर लिग (आईपीएल)भन्दा पनि रोचक हुने टिप्पणी गरिरहेका छन्। 

यहाँसम्मकी नेपाल क्रिकेट संघ (क्यान)का सचिव तथा राष्ट्रिय टीमका पूर्वकप्तान पारस खड्कालाई ‘पारस दाई’ले सम्भव बनाएको भनी चर्चा गरिरहेका छन्। 

अहिले भारतका कतिपय चलेका युट्युवरले एनपीएलमा आईपीएलमा समेत नदेखिने खेल हेर्न सकिने चर्चा गरिरहेका छन्। कतिपयले आईपीएलको भन्दा पनि एनपीएलको चर्चा भारतमा नै बलियो हुने समेत तर्क अघि सारिरकेका छन्। 

उनीहरू भन्छन्,‘आईपीएलभन्दा पनि ठूलो हुनेछ एनपीएल। संसारको ठूलो आईपीएलमा देख्न नसकिने भारतीय र पाकिस्तानी खेलाडीको संघर्षसहितका खेल एनपीएलमा देख्न सकिनेछ जबकि भारतीय दर्शकको त्यो अपेक्षालाई आईपीएलले पूरा गर्न सकेको छैन।

‘ठूला–ठूला नाम भएका खेलाडी, नेपाली दर्शकको क्रेजका कारण एनपीएल भयानक हुनेवाला छ। यहाँ आईपीएलमा नभएका खेल हेर्न पाइनेछन्’, युट्युबरहरूले भनेका छन्,‘यो सफल भएको खण्डमा एनपीएलले आईपीलभन्दा पनि ठूलो उचाई लिन सक्छ। किनभने आईपीएल पनि एनपीएल जस्तैगरी साधारणबाट अहिले महँगो खेल बनेको थियो।’

एनपीएलका आठ फ्रेन्चाईजमा भारत, इङ्ल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, अस्ट्रेलिया, नामिविया, अफगानिस्तान, आयरल्यान्डलगायतका देशका राष्ट्रिय टोलीमा धमाका मच्चाइसकेका खेलाडी सहभागी छन्।

आगामी मंसिर १५ गतेबाट एनपीएल त्रिवि मैदान किर्तिपुरमा उद्घाटन हुँदैछ। त्यसका लागि बिराटनगर किङ्स र जनकपुर बोल्टसले तयारी गरिरहेका छन्। 

अन्य फ्रेन्चाइज टोली पनि अहिले किर्तिपुर, मूलपानीमा प्रशिक्षण र अभ्यासमा व्यस्त छन्।  
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्