Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

बिहीबार, मंसिर ६, २०८१

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

आज स्वदेशी रातो आलु ७० रहेको छ भने भारतीय रातो आलु ७० तथा सेतो आलु ५८ रुपैयाँ रहेको छ ।


यस्तै, प्याज प्रतिकिलो अधिकतम ११० रुपैयाँ छ । आज ठूलो गोलभेँडा अधिकतम १०० र सानो गोलभेँडा ८० रुपैयाँ छ । स्थानीय काउली १२०, लाम्चो भन्टा ६०, डल्लो भन्टा ७०, तने बोडी १६०, मटरकोशा १४०, घिउ सिमी १३० रुपैयाँ छ ।

यस्तै, तिते करेला १००, लौका १००, भिण्डी १४०, बरेला ५५, इस्कुस ३०, रायो साग ६०, पालुंगो साग १००, चमसुर साग १२० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

यस्तैगरी, कन्य च्याउ २२० तथा डल्ले च्याउ ३५० रुपैयाँ छ । कुरिलो १२०० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार