Nic Ad Nic Ad
Nic Ad Nic Ad
क्रिकेटको घरेलु लिग

एनपीएल : परस्पर बिरोधी देश भारत र पाकिस्तानका धवन र तलात कर्णाली याक्समा कसरी सम्भव भयो?

बिहीबार, मंसिर ६, २०८१

काठमाडौं– क्रिकेटको घरेलु लिग आईपीएलमा जे देखिएको थिएन त्यो नेपाल प्रिमियर लिगमा देख्न सम्भव भएको छ। खासगरी भारत र पाकिस्तानको चिसो सम्बन्धको प्रभावका कारण आईपीएलमा पाकिस्तानी खेलाडी सहभागी हुँदैनन्। 

खेलाडीबीचमा निको सम्बन्ध भए पनि देशको सम्बन्धका कारण उनीहरूले यसरी एकअर्काको लिगमा सहभागीता जनाउने गरेका छैनन्। पाकिस्तानको पिएसएलमा पनि भारतीय खेलाडी देखिँदैनन्। 

तर विश्वकपमा भने तेस्रो मुलुकमा हुने खेलमा उनीहरूको महाभिडन्त हुन्छ जसलाई दर्शकले रोचक हिसाबले हेर्ने गरेका छन्। यहाँसम्मकी विश्वकप संस्करणमा नै भारतीय खेलाडी पाकिस्तानमा हुने खेलमा सहभागी हुँदैनन् भने पाकिस्तानी भारतीय मैदानमा जाँदैनन्। 

तर, नेपाल प्रिमियर लिग र त्यसको फ्रेन्चाइज रहेको कर्णाली याक्स यस्तो दुर्लभ टीम बन्यो कि उसले भारतीय र पाकिस्तानी खेलाडीलाई भित्राएको छ। 

त्रिवि मैदानमा दुवैलाई पिचमा संघर्षका लागि पनि उतार्नेछ। भारतीय विस्फोटक ब्याट्सम्यान शिखर धवन र पाकिस्तानी हुसैन तलात कर्णाली याक्सबाट एनपीएलमा खेल्दैछन्। 

यसको भारतीय मिडियाहरूले रोचक टिप्पणी गर्ने नै छन्। जुन खेल स्टार स्पोर्टसले ब्रोडकास्ट गर्नेछ।  

शिखर धवन भारतका एक प्रसिद्ध क्रिकेटर हुन्, जो आफ्नो आक्रामक ब्याटिङ शैली र ओपनिङ ब्याट्सम्यानको रूपमा चर्चित छन्। उनी विशेषगरी सीमित ओभरको क्रिकेटमा भारतका लागि निकै सफल खेलाडी मानिन्छन्।

बायाँ हातका ब्याट्सम्यान धवन ओपनर हुन्। उनको चलनचल्तीको नाम गब्बर राखिएको छ। उनले क्रिकेटको औपचारिक प्रशिक्षण सोनेट क्रिकेट क्लब, दिल्ली मा लिए।

२००४ को अन्डर–१९ विश्वकप मा उनी सबैभन्दा धेरै रन बनाउने खेलाडी बने। यसले उनलाई राष्ट्रिय स्तरमा चर्चित बनायो।

शिखर धवनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा धेरै कीर्तिमान स्थापित गरेका छन्। डेब्यू खेलमै १७८ बलमा १८७ रन बनाएका धवन एनपीएलमा प्रभावी खेलाडी मानिएको छ।

उनले आईपीएलमा दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद, पंजाब किङ्स र मुम्बई इन्डियन्सबाट खेल खेलिसकेका छन्। धवनले पावरप्लेमै विपक्षी टिममाथि दबाब बनाउँछन्।

यसैगरी पाकिस्तानी क्रिकेटर हुसैन तलात पनि एक प्रतिभाशाली क्रिकेटर हुन्। जो मुख्यतः मध्यक्रमका ब्याट्सम्यान र मध्यम गति बलिङ गर्ने अलराउन्डरका रूपमा परिचित छन्। 

उनी आफ्ना आक्रामक ब्याटिङ शैली र उपयोगी बलिङ क्षमताका कारण चर्चित छन्। तलात पनि बायाँ हाते ब्याट्सम्यान हुन्। 

हुसैन तलातले आफ्नो क्रिकेट यात्रा पाकिस्तानको घरेलु क्रिकेटबाट सुरू गरे। उनले लाहोरबाट क्लब क्रिकेट खेलेर आफ्नो क्षमता प्रदर्शन गरे र चाँडै नै घरेलु क्रिकेटमा ठुलो पहिचान बनाए।

हुसैनले पाकिस्तान सुपर लिग (पीएसएल)मा आफ्नो प्रतिभा देखाएपछि अन्तर्राष्ट्रिय क्रिकेटमा अवसर पाए। पीएसएलमा इस्लामाबाद युनाइटेडबाट खेल्दै, उनले आक्रामक खेल प्रदर्शन गरेका थिए।

हुसैन तलातले टी–२०मा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई पाकिस्तानको भविष्यको महत्त्वपूर्ण खेलाडीका रूपमा स्थापित गरेका छन्। उनले आफ्नो डेब्यू खेलमा अर्धशतक बनाएर चर्चित भए।

हुसैनको खेल शैली आक्रामक र परिस्थितिअनुसार बदल्न सक्ने खालको छ। उनी मिडल–अर्डरमा स्थिरता ल्याउन र बलिङमा थप विकल्प दिन सक्षम छन्। उनी फिल्डिङमा पनि उत्कृष्ट मानिन्छन्।

हुसैनले आफ्नो सुरुवात राम्रो गरेका छन्, निरन्तर प्रदर्शन र फिटनेसमा ध्यान दिनुपर्ने उनको प्राथमिकता हो। उनको क्षमता हेर्दा उनी पाकिस्तानको स्थायी खेलाडीका रूपमा स्थापित हुने सम्भावना प्रबल छ।

यी दुई जना नै कर्णाली याक्सका निम्ति महत्वपूर्ण खेलाडी त हुन नै भारत र पाकिस्तानमा एनपीएलको चर्चाको कारण पनि बन्नेछन्।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्