Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्टार स्पोर्टसमा एनपीएल प्रत्यक्ष प्रशारणको तगारो बने तीन संस्था, विज्ञापन बोर्ड तिनैको मतियार!

बिहीबार, मंसिर ६, २०८१

काठमाडौं– मिडिया सोसाइटी र केही विज्ञापनसम्बन्धी संस्थाले नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रशारण गर्न लागेको स्टार स्पोर्टसँगको सम्झौताविरुद्ध उजुरी हाल्ने भएको छ। 

नेपाल विज्ञापन बोर्ड तिनै संस्थाको मतियार बनी पत्र काट्ने तयारीमा रहेको छ। 

नेपाली क्रिकेटलाई विश्वमा नै प्रख्यात बनाउन र दायरा फराकिलो पार्नका लागि प्रयास भए पनि ‘क्लिन फिड’ सम्बन्धी कानुनको त्यान्द्रोमा समातेर तीन संस्थाले उजुरी हाल्ने भएका हुन्। 

विज्ञपान बोर्डले त्यस्तो उजुरी आएको खण्डमा क्यानलाई विहीबारै पत्र काट्नेछ। 

क्यानले स्टार स्पोर्ट्ससँग भएको सम्झौता पारदर्शीरुपमा सार्वजनिक गसिरसकेको छैन। 

क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सलाई पैसा तिरेर प्रशारण अधिकार दिइएको स्वीकार गरे पनि रकम खुलेको छैन। 

स्टार स्पोर्ट्समा नेपाली विज्ञापन बजाउने गरी सम्झौता भएको चर्चा चले पनि यससम्बन्धी पूर्ण जानकारी सतहमा आइसकेको छैन। 

स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुने भनिएपछि विज्ञापनदाताहरू आकर्षित भएका छन्। विदेशी टिभी च्यानलहरू विज्ञापनरहित मात्रै प्रशारण हुनुपर्ने प्रावधानसहित २०७७ देखि क्लीन फिडसम्बन्धी कानून कार्यान्वयनमा आएको थियो।

सम्झौतामा विज्ञापन बजाउने या नबजाउने भन्ने विषय सतहमा नआइसक्दै यसबारेको समाचारीय चर्चाका आधारमा विज्ञापन बोर्ड चलायमान हुनु आश्चर्यजनक छ। 

यसअघि एनपीएल कान्तिपुर म्याक्समा प्रत्यक्ष प्रशारण गर्ने चर्चा चलेको थियो। 

तर क्रिकेटको चर्चा र दायरा फराकिलो बनाउनका लागि क्यान सचिव खड्काको प्रयासमा स्टार स्पोर्टसमा एनपीएल देखाउने सम्झौता सम्भव भएको थियो।  

विज्ञपान बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले मिडियामा आएका समाचार र तीन संस्थाहरुको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको बताएका विवरण सतहमा आएका छन्। 

तीनवना संस्थाहरूले जारी गरेको संयुक्त विज्ञप्ति  नोटिसमा आएको हुमागाईँले बताएका छन्।  

हुमागाईँले ‘उहाँहरुले उजुरी दर्ता गराउने पनि भनिरहनु भएको छ। सम्झौताभित्रका शर्तहरु के–के छन् भन्ने हामीलाई थाहा भएन। तर, नेपालमा कुनै पनि विदेशी टेलिभिजन च्यानल विज्ञापनसहित प्रशारण हुन सक्दैनन्’ भनेको विषय सतहमा आएको छ। 

स्टार स्पोर्टसमा प्रत्यक्ष प्रशारण हुने खेलमा नेपाली या विदेशी कुनै पनि विज्ञापन नेपालमा मात्र देखाउने पाइँदैन, उक्त टेलिभिजनले भारतलगायतका विश्वका अन्य देशमा विज्ञापन देखाउन पाउँछ। 

नेपालको कानुन मिचेरै सम्झौता भए या नभएको भन्ने विषयमा क्यानका कुनै पनि पदाधिकारीले अहिलेसम्म मुख खोलेका छैनन्।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्