Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वडीआईजी जोशीको बयान जारी 

बिहीबार, मंसिर ६, २०८१

काठमाडौं– कास्की हिरासतबाट काठमाडौं परिसरमा ल्याइएका सहकारी ठगी प्रकरणमा संलग्न रहेका पूर्वडीआईजी छविलाल जोशीको बयान जारी छ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान लिइरहेको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उनको बयान भइरहेको छ ।

मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएका जोशीको बुधबारबाट बयान लिन सुरु गरिएको हो। शुक्रबारसम्म जोशीको बयान सकेर पोखरा फिर्ता पठाउने तयारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्