Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘बोक्सो’को आरोपमा कामीको हत्या, अभियुक्त पक्राउ

बिहीबार, मंसिर ६, २०८१

काठमाडौं– बोक्सोको आरोप लगाउँदै दैलेखको दुल्लू नगरपालिका–१३ मालिकामा कर्णबहादुर कामीको हत्या गरिएको छ। 

५६ वर्षीय कामीलाई साइनोले भाई पर्ने ४३ वर्षीय भुवनसिंह विकले बुधबार साँझ कर्णबहादुरको घरमै पुगेर हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। 

भुवनसिंहलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आफू बिरामी भएपछि बोक्सी मन्त्र लगाएर बिरामी पारेको भन्दै आक्रोशमा आएर कर्णबहादुरको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार