Nic Ad Nic Ad
Nic Ad Nic Ad

चौतर्फी आलोचना खेपिरहेको एमालेको शक्ति प्रदर्शन, सम्बोधन गर्दै प्रधानमन्त्री ओली

शुक्रबार, मंसिर ७, २०८१

काठमाडौं– चौतर्फी घेराबन्दीमा परेको सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा आज शक्ति प्रदर्शन गर्दैछ।

जागरण सभाका नाममा हुन लागेको शक्ति प्रदर्शन बिरोधकाबीच एमालेको साख देखाउने एउटा प्रयोग हो। 

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सभाको सम्बोधन गर्नेछन्। 

भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ। बिहान साढे ११ बजे जुलुस सुरू गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुने छ।

एमाले उपमहासचि प्रदीप ज्ञवालीले अराजकता र निराशालाई चिर्न जागरणसभा गर्न लागिएको बताएका थिए। 

हाल पक्राउ गरिएका मेडिकल व्यावसायी दुर्गा प्रसाईको अभियानदेखि रास्वपा, माओवादी केन्द्रलगायतको घेराबन्दी र टार्गेटमा परेको एमालेका लागि यो जन सभा एउटा प्रभाव देखाउनुपर्ने बाध्यता पनि बनेको छ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार