तोलामै एक हजार ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं- शुक्रबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामै १ हजार ५ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार छापावाला सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यसदिन चाँदीको मूल्य भने घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी १ हजार ९ सय ५० रुपैँयामा कारोबार भएको थियो ।
शुक्रबार प्रति १० ग्राम सुनको मूल्य १ लाख ४१ हजार ८ सय ९० रुपैँया र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ६३ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१ ११:२२
प्रतिक्रिया दिनुहोस्