Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल प्रिमियर लिग

कस्ता–कस्ता क्षमताले पोख्त छन् एनपीएल ८ फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षकहरू?

शुक्रबार, मंसिर ७, २०८१

काठमाडौं– जति–जति मिति नजिकिँदै गइरहेको छ त्यति नै नेपाल प्रिमियर लिग (एनपीएल) हेर्ने उत्सुक्तामा दर्शकको व्यग्रता बढेको छ।

आठ फ्रेन्चाईज टोलीहरू बिराटनगर किङ्गस्, चितवन राइनोज, जनकपुर बोल्टस्, काठमान्डु गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयलका खेलाडी लगभग पक्कापक्की भएका छन्। 

ट्यालेन्ट हन्टको छनौट प्रक्रियासहित बन्द प्रशिक्षण र रणनीति बनाउने क्रम पनि जारी छन्। आठै टोलीमा विदेशीदेखि नेपालका सिपालु क्रिकेट प्रशिक्षक व्यस्त छन्। उनीहरूको अनुभव र सीप कस्तो थियो?

केभिन ओब्रायन (बिराटनगर किङ्गस्)  
बिराटनगर किङ्गसलाई केभिन ओब्रायनले प्रशिक्षण दिइरहेका छन्। सन्दीप लामिछाने मार्की रहेको उक्त टोलीका प्रशिक्षक केभिन एक प्रख्यात आयरिश क्रिकेट खेलाडी र अलराउण्डर हुन्। 

जसले २०११को क्रिकेट विश्व कपमा इङ्ल्यान्डविरुद्धको शानदार शतक बनाएर चर्चा कमाएका थिए। उनले ११३ रन बनाएका थिए, जुन विश्व कप इतिहासमा सबैभन्दा तेज शतकको रेकर्ड बन्यो। यो अविस्मरणीय प्रदर्शनले आयरल्याण्डलाई एक ऐतिहासिक जित दिलायो। केभिन सोही प्रदर्शनका कारण उनले आयरिश क्रिकेटको प्रमुख व्यक्तित्वको रूपमा स्थानमा छन्।

केभिन दायाँ हातको ब्याट्सम्यान र मिडियम–फास्ट बलर पनि हुन्। उनले ३ हजार ५५० भन्दा बढी रन बनाएका छन् र १०० भन्दा बढी विकेट लिएका छन्। 

उनको करिअरमा २००६ देखि २०१९ सम्म आयरल्याण्डको लागि धेरै महत्वपूर्ण खेलहरू छन्। उनले २००७ र २०११ को विश्व कपमा टोलीलाई महत्वपूर्ण बनाएका थिए। 

केभिनको क्रिकेट यात्रा एक पारिवारिक परम्परा जस्तो छ। उनका बाबु र दाजु, नाइल ओब्रायन दुबै आयरल्याण्डका लागि खेल्ने खेलाडी थिए। आयरिस क्रिकेटमा ओब्रायन नाम अनुभव र उचाईका निम्ति चर्चित छ। तिनै परिवारका एक अनुभवी केभिनले बिराटनगर किङ्गसलाई प्रशिक्षण गरिरहेका छन्।

उमेश पटवाल (चितवन राइनोज)
कुशल मल्ल मार्की रहेको चितवन राइनोजको प्रशिक्षक छन् उमेश पटवाल। पटवाल एक अनुभवी क्रिकेट प्रशिक्षक हुन् जसले क्रिकेट प्रशिक्षणमा नयाँ दृष्टिकोण ल्याएका छन्। 

उनले २०१७ मा ‘आई थिङ्क स्पोर्टज’ नामक एक क्रिकेट एकेडेमी स्थापना गरेका थिए। जसले खेलाडीहरूको शरीरको सन्तुलन र स्थिरता सुधारमा विशेष ध्यान दिन्छ। 

अस्ट्रेलिया क्रिकेटको तेस्रो तथा भारतीय क्रिकेटको दोस्रो कोचका रुपमा उमेश पटवालले सीप देखाइसकेका छन्। उनी अफगानिस्तान क्रिकेट टोलीका ब्याटिङ कोच, विदर्भ क्रिकेट संघका एकेडेमी कोच, ग्लोबल क्रिकेट स्कूलका क्रिकेट निर्देशकका रुपमा पनि कामले खारिएका प्रशिक्षक हुन्।

उमेश पटवालको कोचिङ पद्धति शरीरको सन्तुलनमा आधारित छ, जसले क्रिकेट खेलको विभिन्न पक्षहरू ब्याटिङ, बलिङ र फिल्डिङलाई सुधार्नमा मद्दत गर्दछ। उनी चितवन राइनोजका खेलाडीलाई अहिले प्रशिक्षण गरिरहेका छन्।

पुबुदु दसानायके (जनकपुर बोल्ट्स)
ओपनर आसिफ सेख मार्की रहेको जनकपुर बोल्ट्सका निम्ति मुख्य प्रशिक्षक छन्, पुबुदु दासानायके। उनी अनुभवी क्रिकेट प्रशिक्षक हुन् जसले खेलाडी र प्रशिक्षकको भूमिकामा महत्वपूर्ण योगदान गरिसकेका छन्।

११ जुलाई १९७० मा श्रीलंकाको क्यान्डीमा जन्मिएका दासानायकेले विकेटकिपर ब्याट्सम्यानको रूपमा श्रीलंका राष्ट्रिय क्रिकेट टोलीका लागि ११ टेस्ट र १६ एकदिवसीय खेल खेलेका थिए।

उनले २००७ मा क्यानाडा क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाले। २०११ विश्वकपमा क्यानाडाले उनी नेतृत्वमा मात्र दोस्रो विश्वकप खेल जित्न सफल भएको थियो।

पछि उनी क्यानाडाको प्रशिक्षकको रूपमा २०२२ मा पुनः नियुक्त भए, जसमा उनले टोलीको पुनःनिर्माण र सफलता हासिल गर्न प्रयास गरेका थिए।
दासानायकेले २०११ देखि २०१५ सम्म नेपाल क्रिकेट टोलीलाई प्रशिक्षित गरे। यस अवधिमा, उनले नेपाललाई पहिलो पटक २०१४ आईसीसी टी–२० विश्वकपमा सहभागी गराउन भूमिका खेले।

उनको प्रशिक्षकत्वमा नेपालले २०१३ आईसीसी डिभिजन थ्री प्रतियोगिता जितेको थियो। उनी २०२१ मा पुनः नेपाल टोलीको प्रशिक्षक बने तर २०२२ मा व्यक्तिगत कारणले पद छाडे। 

उनले २०१६ मा अमेरिकाको राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालेका थिए।

खेलाडीको रूपमा, उनले श्रीलंका र क्यानाडा दुबैको प्रतिनिधित्व गरेका थिए र क्यानाडाका लागि २००५ र २००६ को आईसीसी अन्तरमहादेशीय कपमा खेलेका थिए।

दासानायकेको योगदानले विशेषगरी नेपालजस्ता उदीयमान टोलीहरूको प्रदर्शन सुधार भूमिका खेलेको छ। उनको प्रशिक्षण शैलीले युवा खेलाडीहरूलाई उत्कृष्ट खेलाडी बनाउन मद्दत गरेको मानिन्छ। जनकपुरका लागि उनी एउटा भाग्यनायक प्रशिक्षक बन्न सक्छन्। 

ज्ञानेन्द्र मल्ल (कर्णाली याक्स)
सोमपाल कामी मार्की रहेको कर्णाली याक्सका मुख्य प्रशिक्षक छन् नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल। जुन टोलीमा विस्फोटक ब्याट्सम्यान भारतीय खेलाडी शिखर धवन पनि छन्।  

खेलाडीका रुपमा नेपाली क्रिकेटलाई उचाई दिएका मल्लले प्रशिक्षकका रुपमा २०१९ बाट मल्लले प्रशिक्षकका रूपमा आफ्नो यात्रा सुरु गरे। उनी नेपाल ‘ए’ टिमका प्रशिक्षकका रूपमा नियुक्त भए। सप्टेम्बर २०२४ मा उनलाई कर्णाली याक्सको मुख्य प्रशिक्षक र निर्देशकका रूपमा नियुक्त गरिएको थियो। 

यसअघि, उनले सशस्त्र प्रहरी बल (एपीएफ) क्रिकेट टिमको मुख्य प्रशिक्षकका रूपमा पनि कार्य गरेका थिए। 

मल्लको अनुभव र नेतृत्वले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुराउन मद्दत गरेको छ। उनको मार्गदर्शनमा युवा खेलाडीहरूले आफ्नो क्षमता विकास गरेका छन् र राष्ट्रिय टोलीको प्रदर्शनमा सुधार आएको छ।

ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटका एक प्रेरणादायी व्यक्तित्व हुन्, जसले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा आफ्नो योगदानले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका निभाएका छन्।

वसन्त शाही (काठमान्डु गुर्खाज)
करण केसी मार्की रहेको काठमान्डु गुर्खाजका प्रशिक्षक हुन् वसन्त शाही। उनले नेपाल प्रिमियर लिग (एनपीएल) जस्तो महत्वपूर्ण प्रतियोगिताको तयारीमा खेलाडी छनोट र प्रशिक्षणमा महत्वपूर्ण भूमिका खेलेका छन्।

काठमाडौँ गुर्खाजद्वारा आयोजित ट्यालेन्ट हन्ट कार्यक्रममा उनले धेरै खेलाडीलाई मार्गदर्शन प्रदान गरेका छन्। यो ट्यालेन्ट हन्ट कार्यक्रम विभिन्न स्थानमा सम्पन्न भएको थियो। काठमाडौँ, भक्तपुर, ललितपुर र नुवाकोटका प्रतिभाशाली खेलाडीहरूको छनोट गरिएको थियो।

शाहीले खेलाडीहरूलाई उनीहरूको क्षमता सुधार गर्न तथा आगामी प्रतियोगिताका लागि तयार गर्न विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका छन्।

उनी नेपाली क्रिकेटको विकास र खेलाडीहरूको भविष्य निर्माणमा योगदान गर्ने प्रशिक्षक हुन्। उनको नेतृत्वमा खेलाडीहरूले आफूभित्रको क्षमतालाई बाहिर ल्याउने अवसर पाएका छन्

नन्दन  फाडनिस (लुम्बिनी लायन्स) 
रोहीत पौडेल मार्की रहेको लुम्बिनी लायन्सका प्रशिक्षक नन्दन फाडनिस एक अनुभवी र पूर्व प्रथम श्रेणीका खेलाडी हुन्। उनले भारतको महाराष्ट्र लागि १९८६ देखि १९९६ सम्म रणजी ट्रफी र विल्स ट्रफीमा खेलेका थिए।

उनले विकेट किपर र ब्याट्सम्यानको भूमिकामा महत्वपूर्ण योगदान दिएका थिए। 

फाडनिसले नेपाल राष्ट्रिय क्रिकेट टोलीका परामर्श प्रशिक्षकका रूपमा पनि काम गरिसकेका छन्। उनी नेपाली क्रिकेट खेलाडीहरूको क्षमता विकास र रणनीति निर्माणमा सक्रिय रहेका छन्।

उनले गोवा क्रिकेट संघसँग जोडिएर युवा खेलाडीहरूको प्रशिक्षणमा योगदान दिएका छन्।

उनले लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकको रूपमा जिम्मेवारी लिएका छन्। फाडनिसको नेतृत्वमा टोलीले नयाँ रणनीतिहरू लागू गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

नन्दन फाडनिसले राष्ट्रिय क्रिकेट एकेडेमी  भारतबाट विभिन्न उमेर समूहका खेलाडीहरूको प्रशिक्षणमा विशेष योगदान दिएका छन्।

उनले आफ्नो रणनीतिक ज्ञान र नेतृत्व क्षमताले टोलीहरूको प्रदर्शन सुधार गर्न भूमिका खेलेका छन्। उनको गहिरो अनुभव र प्रशिक्षण शैलीले नेपाली क्रिकेटलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

राजीव कुमार ( पोखरा एभेन्जर्स)
कुशल भूर्तेल मार्की रहेको पोखरा एभेन्जर्सका प्रशिक्षक हुन् राजीव कुमार। राजीव कुमारले १९९४ देखि २०१० सम्मको आफ्नो खेलाडी करिअरमा १५६ प्रतिस्पर्धात्मक खेल खेल्दै ७ हजार २०८ रन बनाएका थिए। जसमा १८ सतक र ४२ अर्धसतक समावेश छन्।

उनी झारखण्ड र बिहारको घरेलु टोलीका लागि खेल्थे। महेन्द्रसिंह धोनीको कप्तानीमा खेलेका बेला राजीव महत्वपूर्ण खेलाडी थिए। उनी दायाँ हाते ब्याट्सम्यान र मध्यम तीव्रताका बलर थिए। 

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजीव कुमार चेन्नई सुपर किङ्गसका फिल्डिङ प्रशिक्षकका रूपमा कार्यरत छन्, जहाँ उनले २०१८ देखि जिम्मेवारी सम्हालेका छन्।

उनले भारत ‘ए’ टोलीको मुख्य प्रशिक्षकका रूपमा पनि काम गरिसकेका छन्।

पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकको रूपमा नियुक्ति पाएका उनले चमत्कारिक प्रशिक्षण गर्न सक्ने अपेक्षा गरिएको छ। 

राजीव कुमारको प्रशिक्षक अनुभव र घरेलु तथा अन्तर्राष्ट्रिय स्तरमा काम गर्ने क्षमताले उनीलाई क्रिकेट क्षेत्रमा उल्लेखनीय व्यक्ति बनाएको छ।

जगत टमाटा (सुदूरपश्चिम रोयल्स)
दीपेन्द्रसिंह ऐरी मार्की रहेको सुदूरपश्चिम रोयल्सका प्रशिक्षक हुन् जगत टमाटा। उनी भारतका एक प्रतिष्ठित क्रिकेट प्रशिक्षक हुन्।

जगत टमाटा आफ्नो विशेष शिक्षण शैली र खेलाडीहरूको प्रतिभा विकास गर्न उल्लेखनीय योगदानका लागि परिचित छन्। उनले भारतका विभिन्न स्तरका क्रिकेट टोलीहरूको प्रशिक्षणमा महत्वपूर्ण भूमिका खेलेका छन्।

विभिन्न क्रिकेट क्लब र राज्य टोलीहरूमा खेलाडीहरूको कौशल सुधारमा योगदान दिएका छन्।

युवा प्रतिभाहरूलाई क्रिकेटको आधारभूत कुरा सिखाउन र उनीहरूको खेललाई माथि उठाउनमा उनको प्रमुख योगदान छ।
उनी खेलाडीहरूको मानसिक तन्दुरुस्ती र रणनीतिक सोचमा विशेष ध्यान दिन्छन्।

बलिङ, ब्याटिङ, र फिल्डिङमा सन्तुलन ल्याउन र खेलाडीहरूलाई आत्मनिर्भर बनाउन उनको रणनीति प्रभावकारी मानिन्छ।

उनका विद्यार्थीहरू उनलाई प्रेरणादायक व्यक्तित्व मान्छन्। उनको नेतृत्वले खेलाडीहरूलाई कठिन परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्षम बनाएको छ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्