Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल

शुक्रबार, मंसिर ७, २०८१

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेको बताएका छन् । तर, एमाले देश बनाउने अभियानमा रहेको सच्चाइलाई आम जनताले बुझ्नुपर्ने उनको भनाइ छ । 

शुक्रबार राजधानीको दरबारमार्गमा भएको पार्टीको जागरण सभालाई सम्बोधन गर्दै उनले भने, ‘विकास र समृद्धिको अभियानमा होस् या सामाजिक सुरक्षासहितको लोककल्याण्कारी राज्य स्थापनामा एमालेले पहल गर्दै आएको छ । तर हाम्रो पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रकारका प्रपञ्चहरू भइरहेका छन् ।’

पहिले महाकाली सन्धिका नाममा पार्टीलाई विभाजन गर्न स्मरण गर्दै उनले अहिले पनि यस्तै प्रपञ्चहरू जारी रहेको उनको दाबी थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार