Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनताले महसुस हुनेगरी कर्णाली सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री कँडेल

शुक्रबार, मंसिर ७, २०८१

जुम्ला- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका जनताले महसुस हुने गरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन्।

आज जुम्लास्थित नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बौल्दै मुख्यमन्त्री कँडेलले जिल्ला भ्रमणमा पुगेर जनताका समस्या सुनी उनीहरूको अपेक्षालाई योजनामा समेट्ने काम गरिरहेको दावी गरे। प्रदेशमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउन प्रतिबद्ध रहेको उनको भनाइ छ।

आफ्नो नेतृत्वमा प्रदेश सरकारले सेवाग्राहीलाई केन्द्रमा राखेर योजना बनाउने र कार्यान्वयन गरिरहेको उनले बताए। मुख्यमन्त्री कँडेलले भने, ‘योजना किनबेचको विषय होइन, यो सेवाग्राहीको हो। योजना निर्माण र कार्यान्वयनमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप, स्वार्थपूर्ण निर्णय र अन्याय हुनुहुँदैन।’

जनताले चाहेका र जीवनस्तर सुधार गर्नसक्ने योजना मात्र ध्यानमा राखेर प्रदेश सरकारले काम गरेको मुख्यमन्त्री कँडेलको भनाइ छ।

‘विकास निर्माणलाई मात्र होइन, सुशासन र पारदर्शिताका पक्षमा पनि सरकारलाई सचेत बनाइएको छ’, उनले भने। कर्णाली प्रदेशको विकासका लागि दीर्घकालीन योजना बनाउने र ती योजनालाई जनताको आवश्यकतासँग समाहित गराउने नीति प्रदेश सरकारले अवलम्बन गरेको मुख्यमन्त्री कँडेलको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्