Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुर्गा प्रसाईंलाई दरबारमार्गबाट एमालेको चुनौती– कम्बोडियामा लगानी प्रमाणित गर, दोब्बर दिन्छौं

शुक्रबार, मंसिर ७, २०८१

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा ३२ अर्ब बढी लगानी रहेको भनी फेक भिडिओ सार्वजनिक गर्नेे दुर्गा प्रसाईंलाई महासचिव शंकर पोखरेलले प्रमाणित गर्नका लागि चुनौती दिएका छन्।

हिरासतमा रहेका प्रसाईंलाई लगानी प्रमाणितका लागि चुनौतीमात्र नदिई प्रमाणित गरेको खण्डमा त्यसको दोब्बर रकम दान दिने पोखरेलले घोषणा गरेका छन्।

उनले कम्बोडियामा लगानी गरेको भन्ने आरोपको खण्डन गरे। एमालेले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने उनले बताए ।

दुर्गा प्रसाईंले एमाले अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको भन्दै फर्जी कागजात सार्वजनिक गरेका थिए। त्यसको आरोपमा प्रसाईं प्रहरी नियन्त्रणमा छन्।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्