नेभिगेशन
राजनीति

कांग्रेससँग असमझदारी छैन, १८ महिनापछि देउवा प्रधानमन्त्री : ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्को सत्ता साझेदार नेपाली कांग्रेससँग कुनै समस्या नरहेको बताएका छन् ।

२०८४ को निर्वाचन अघिसम्मै कांग्रेस–एमालेसहितको गठबन्धन सरकार कायम रहने ओलीले बताएका छन् ।

शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधनका क्रममा उनले अहिले सत्तारुढ दलहरूबीच कुनै असमझदारी नरहेको पनि दाबी गरे ।

सरकारको आयुबारे बोल्दै ओलीले अबको १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार हस्तान्तरण गर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति