Nic Ad Nic Ad
Nic Ad Nic Ad

सीके राउतको सिफारिस सभामुखद्वारा खारेज, गोमालाभको सांसद पद जोगियो

शुक्रबार, मंसिर ७, २०८१

काठमाडौं– आफ्नो दलकी प्रतिनिधि सभा सदस्य गोमालाभ सापकोटालाई सांसद पदबाट नरहनेगरी कारबाहीका लागि सिफारिस गरेका जनमत पार्टीका अध्यक्ष सीके राउतको सिफारिस सभामुख देवराज घिमिरेले खारेज गरेका छन्। 

घिमिरेको सचिवालयका अनुसार सापकोटालाई राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८ लाई टेकी दलबाट निश्कासन गरी संघीय संसदको सदस्यको पद नरहने गरी सूचना प्रकाशन गर्न निवेदन गरेकोमा निजले पद नै जाने प्रकृतिको कुनै काम गरेको देखिएन। 

‘दलबाट निश्कासन गरी संघीय संसदको सदस्यको पद नरहने प्रकृतिको अन्य कुनै कानूनले परिभाषित गरेको कसूर गरेको भन्ने समेत नदेखिएको, कारवाहीको सम्बन्धमा तयार गरिएका कागजपत्रहरु विश्वसनीय नदेखिएकोले सभामुखले थप कारबाही अगाडि नबढाउने निर्णय गर्नुभएको छ’ सचिवालयले भन्यो।

‘दलीय प्रणालीमा दलका नेता तथा कार्यकर्ताले आफ्नो दलको अनुशासन पालना गर्नु पर्नेमा कुनै द्विविधा छैन’, सभामुख घिमिरेले भने,‘तर, अनुशासनको नाममा कुनै सदस्यले स्पष्ट गल्ती गरेको नदेखिएको अवस्थामा पूर्वाग्रहपूर्ण तरिकाबाट कारवाही गर्ने र पदच्यूत गर्ने वातावरण सिर्जना भयो भने त्यसले लोकतन्त्रको मूल्य र मान्यतामा आघात पुरÞ्याउँछ।’
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्