Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालको बीबी माइनस रेटिङ सकारात्मक : अर्थ मन्त्रालय

शुक्रबार, मंसिर ७, २०८१

काठमाडौं – नेपालले सार्वभौम क्रेडिट रेटिङमा पाएको बीबी माइनस स्कोरलाई अर्थ मन्त्रालयले ‘उन्नत’ करार दिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार बिहान पत्रकार सम्मेलन आयोजना गर्दै नेपालले प्राप्त गरेको रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको जनाएका हुन्‌ ।

नेपालले पहिलोपटक अन्तरराष्ट्रिय एजेन्सी फिच रेटिङ्ग्सबाट मुलुकको सार्वभौम शाख मूल्याङ्कन गर्न लगाएको थियो । फिचले बिहीबार नतिजा सार्वजनिक गर्दै नेपाललाई बीबी माइनस रेटिङ दिएको थियो । सो रेटिङअनुसार दक्षिण एसियामा भारतभन्दा नेपाल एक स्थान तल परेको छ ।

बलियो विदेशी मुद्रा सञ्‍चिति तथा बढ्दो आर्थिक गतिविधिले नेपालको आर्थिक वृद्धि सकारात्मक बनाउनसक्ने रेटिङले देखाएको छ । क्रेडिट रेटिङ्गको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र अन्तर्राष्ट्रिय वजारबाट ऋण लिनु पर्दा न्यून व्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको अर्थ मन्त्रालयले दाबी गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्