Nic Ad Nic Ad
Nic Ad Nic Ad

कफी खेतीमा युवा आकर्षित गर्नुपर्छ : कृषिमन्त्री अधिकारी

शुक्रबार, मंसिर ७, २०८१

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन् ।

२०औँ राष्ट्रिय कफी दिवसका अवसरमा शुक्रबार कीर्तिपुरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले नेपालको भौगोलिक अवस्था, माटो र जलवायु अर्गानिक कफी उत्पादनका लागि अत्यन्तै उपयुक्त रहेको बताए ।कफीको उत्पादन र उत्पादकत्वमा व्यापक सुधारको आवश्यक रहेको उनले बताए ।

सार्वजनिक–निजी साझेदारीका साथै कफी मूल्य शृङ्खलाका सबै चरणमा संलग्न व्यक्ति, किसान, प्रशोधनकर्ता, व्यवसायी र उपभोक्ताबीच समन्वय र सहकार्यको आवश्यक रहेको उनले बताए ।

मन्त्री अधिकारीले स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यावसायिक उत्पादनमा थप लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

मन्त्रालयले कफी क्षेत्रको विकास तथा विस्तारका लागि उपयुक्त नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता पनि जनाए ।

‘नेपालको कफी क्षेत्रले २० वर्ष अवधिमा अनेक आरोह अवरोह सामना गर्नुपरेको भन्दै उनले हाल कफी बजार सुनिश्चित भएको कृषि उपजका रूपमा स्थापित भएको छ,’ मन्त्री अधिकारीले भने ।

३० हजारभन्दा बढी किसानको आय आर्जनको स्रोत कफी खेती बनेको र हजारौँले कफी उद्योग तथा क्याफे हाउसमा रोजगारी समेत पाइरहेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्