Nic Ad Nic Ad
Nic Ad Nic Ad

दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर (फोटो फिचर)

शुक्रबार, मंसिर ७, २०८१

काठमाडौँ- नेकपा एमालेका कार्यकर्ताले दरबारमार्ग क्षेत्रमा गरेको फोहोर काठमाडौँ महानगरपालिकाले सफा गरिरहेको छ । महानगरपालिकाको सफाइ कर्मचारीले कार्यक्रम सकिएसँगै सफाइ गरिरहेको हो । 

465208070_605850151967531_9085361434455733804_n-1732287902.jpg
कार्यक्रम सकिएसँगै सडक पेटीका साथै सडकमा पनि यत्रतत्र छरिएको पानीको बोतल, चाउचाउको खोललगायतका फोहोर जम्मा गरिरहेका हुन् । सफाइको काम राति अबेरसम्म जारी रहेको महानगरपालिकाका एक कर्मचारीले बताए । 

462586896_1629716701236054_5250834339395073804_n-(1)-1732287902.jpg
जागरणको नाममा एमालेले दरबारमार्गमा शुक्रबार कार्यक्रम गरेको थियो । यसैबिच महानगरपालिकाले फोहोर गरेको भन्दै एमालेलाई जरिवाना गरेको छ । 

received_1897886770719323-1732285751.jpeg
काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाको हस्ताक्षरमा एमाले पार्टी कार्यालयका नाममा प्रेषित पत्रमा फोहोर गरेर वातावरण प्रदूषण समेत गरेकाले जरिवाना गरिएको उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार