Nic Ad Nic Ad
Nic Ad Nic Ad

गैरआवासीय नेपालीले शेयरमा लगानी गर्ने बाटो खुल्यो

शुक्रबार, मंसिर ७, २०८१

काठमाडौँ - नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपालीहरूलाई शेयरमा लगानी गर्ने बाटो खोलिदिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ लाई संशोधन गर्दै गैरआवासीय नेपालीहरूलाई शेयरमा कारोबार गर्न पाउने नीतिगत व्यवस्था गरिएको हो ।

संशोधित निर्देशिकाको नाम ‘धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१’ राखिएको छ । यो निर्देशिका बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ । नयाँ व्यवस्थाअनुसार सरकार र गैरआवासीय नेपालीहरूको संयुक्त लगानीमा इन्भेष्टमेन्ट कम्पनी खोल्न सकिनेछ ।

शेयर निष्कासन गर्दा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले गैरआवासीय नेपालीको लागि मात्र शेयरको निष्कासन गर्नु पर्नेछ । निष्कासन गरिने शेयर गैरआवासीय नेपालीले मात्र खरिद गर्न सक्नेछन् । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले प्रिमियम थप गरी शेयर निष्कासन गर्न भने नपाउने व्यवस्था गरिएको छ ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्कासन गरिने शेयरको दरखास्त खुला रहने अवधि कम्तीमा चार कार्य दिन हुनेछ । निष्कासन गरिएको सबै शेयर बिक्री नभएमा कम्पनीले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा पन्ध्र दिनका लागि शेयरको दरखास्त खुला राख्न सक्नेछ र सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।


 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  २२:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार