Nic Ad Nic Ad
Nic Ad Nic Ad

व्यास नगरपालिकाद्वारा १ सय ८ जना दीर्घरोगीलाई आर्थिक सहयोग

शनिबार, मंसिर ८, २०८१

तनहुँ - व्यास नगरपालिकाले एक सय आठ जना दीर्घरोगीलाई रु पाँच हजारका दरले आर्थिक सहयोग गरेको छ । 

क्यान्सर, मुटु रोग, मिर्गौला फेल भएका, कलेजो प्रत्यारोपण गरेका बिरामीलाई आर्थिक सहयोग गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेका अनुसार ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न नागरिक, मानसिक रोगी गरी ३४ जनालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । 

त्यसैगरी विपन्न नागरिक, क्यान्सर, मुटुरोगी, मिर्गौला फेल भएका ३२ जनालाई उपचारका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको उनले बताए । गर्भवती पोषण सहयोग कार्यक्रमअन्तर्गत एक सय ११ जना महिलालाई रु पाँच हजारका दरले आर्थिक सहयोग गरिएको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्