Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज काठमाडौँका यी स्थानमा ७ घण्टा विद्युत् अवरुद्ध हुने

शनिबार, मंसिर ८, २०८१

काठमाडौँ - काठमाडौँका विभिन्न स्थानहरूमा आज(शनिबार) पाँचदेखि साढे ६ देखि ७ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्यूरोड फिडर, महाबौद्ध फिडर र कालीमाटी फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा बिहानदेखि अपराह्नसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ।

न्यूरोड फिडर अन्तर्गत पर्ने संकटा, न्युरोड गेट, पिपल बोट, गोरखा पत्र संस्थान, भूगोल पार्क, दमकल गेट, वसन्तपुर डबली, झोसे, ओमबहाल, हनुमानढोका लगायतका क्षेत्रमा बिहान साढे आठ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

यस्तै, महाबौध्द फिडर अन्तर्गत पर्ने महाबौध्द सव स्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सव स्टेशन भित्र, विशाल बजार अगाडि, गणेश स्थान ट्रमा हस्पिटल पछाडि केबुल हेडसम्म बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

यस्तैगरी, कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ्ग हुदैं हनुमन्त भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटल अगाडि, टंगाल, भुरुङ्गखेल क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ  । 

ती क्षेत्रहरूमा बांगो पोल सिधा गर्ने र जीर्ण भएका पोल तथा ट्रान्सफर्मर बदली गर्नका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ।

तोकिएको काम निर्धारित समयअघि सम्पन्न भए अगाडि नै विद्युत् सेवा सुरु हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार