राष्ट्रिय दिवसको भिडिओ शेअर गरेर एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतद्वारा भ्रम छर्ने प्रयास
काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले शनिबार दरबारमार्गमा एमालेले गरेको जागरण सभाको भिडिओ भन्दै ‘राष्ट्रिय दिवस’का अवसरमा भएको कन्सर्टको भिडिओ शेअर गरी भ्रम छरेका छन्।
उनले सामाजिक सञ्जालमा शनिबार एमाले उपमहासचिव विष्णु रिमालले राखेको भिडिओ शेअर गर्दै जागरण सभा भनेका छन्। अनुपातका हिसाबमा एकालेको जागरण सभामा भने जस्तो मानिस उपस्थित भएका थिएनन्।
सभालाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतले सम्बोधन गरेका थिए।
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१ १०:००
प्रतिक्रिया दिनुहोस्