एमाले पहिलो पार्टी होइन महानगरले जरिवाना गरेको, पहिलेपनि यी पार्टीलाई जरिवाना गरेको थियो
काठमाडौं- शुक्रबार दरबारमार्गमा गरिएको जागरणसभाका क्रममा गरिएको फोहोर फुटपाथ र सडकमै छोडेपछि काठमाडौं महानगरले नेकपा एमालेलाई एक लाख रुपैया जरिवाना तोक्यो । फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना तोकिएको काठमाडौं महानगरले जनाएको छ ।
तर नेकपा एमालेले भने एमालेसँगको प्रतिशोध र महानगरले भिख मागेको आरोप लगायो । यति मात्र होइन कि यसअघि अन्य पार्टीले कार्यक्रम गर्दा गरिएको फोहोरको जरिवाना नगरेको आरोप पनि लगायो । सामाजिक संजालहरुमा फोहोर गरेपछि महानगरले गरेको निर्णयको बिरोध नै गरेको छ ।
तर नेकपा एमालेले भनेजस्तो नभएको पाइएको छ । यसअघि पनि राप्रपा, रास्वपा लगायतका दलहरुले महानगरभित्रका क्षेत्रहरुमा कार्यक्रम गर्दा फोहोर गरेपछि जरिवाना तोकेको छ ।
२०८० चैत २७ गते राप्रपाले गरेको प्रदर्शनबाट महानगरपालिकाको विभिन्न क्षेत्रमा फोहरमैला तथा ट्राफिक आईल्याण्डमा क्षति पुगेकोले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ९७ बमोजिम क्षति भएको ट्राफिक आईल्याण्ड मर्मत सम्भार गर्न २ सय २२ रुपैया ८१ पैसा र फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ (१) बमोजिम ५ हजार रुपैया जरिवाना गरेको थियो ।