Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीका बुवालाई फोक्सोमा समस्या, भेट्न शिक्षण अस्पताल पुगे ओली

शनिबार, मंसिर ८, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्।

शनिबार उनलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबकुमार्फत बुबालाई फोक्सो सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् ।

‘बुबालाई फोक्सो सम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ’ प्रधानमन्त्री ओलीले फेसबुकमा तस्बिर राख्दै लेखेका छन् । 

उनले अहिले स्वास्थ्य स्थिति सामान्य रहेको उल्लेख गरेका छन्।

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्