Nic Ad Nic Ad
Nic Ad Nic Ad

अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता

शनिबार, मंसिर ८, २०८१

सङ्खुवासभा- सङ्खुवासभाको चैनपुर नगरपालिका-११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् । चैनपुर-११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

शनिबार दिउँसो चैनपुर-११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर जिमी बेपत्ता भएको प्रहरी निरीक्षक लामिछानेले बताए । जिमीको सशस्त्र प्रहरी, प्रहरी र स्थानीयले  खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार गजेन्द्र अरुण नदीमा पूजा सुरु गरे लगत्तै नदीमा चिप्लिएर बेपत्ता भएको थियो । चैनपुर-११ कुइबिरका गजेन्द्र परिवारका छ जनासहित शनिबार अरुण नदी पुगेका थिए । शनिबार साँझसम्म पनि जिमीको शव फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १९:१८
प्रतिक्रिया दिनुहोस्