Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वमन्त्री पदम राईको निधन

शनिबार, मंसिर ८, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ ।

पार्किन्सन रोगबाट थलिएका उनको उपचारका क्रममा शनिबार राजधानीको वीर अस्पतालमा निधन भएको हो । भोजपुर षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राई हाल केन्द्रीय सदस्य थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले राईको निधनबाट आफू दुखित भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,’पार्किन्सन रोगबाट थलिनुभएका हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य एवं पूर्वमन्त्री क। पदम राईको निधनले दुखित बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्