के के छन् प्रम ओलीका आजका औपचारिक कार्यक्रम
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिने भएका छन् ।
हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्रीले ब्रिफिङ लिन लागेका हुन् ।
राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालमा सडक, सिँचाइ, जलविद्युत, सुरुङमार्गहरु लगायतका ठूला योजनाहरू राष्ट्रिय गौरवका आयोजनाका रूपमा सञ्चालनमा छन् । यस्तै प्रधानमन्त्री ओलीले बिहान ११ बजे बालुवाटारस्थित निवासमा बैठक बोलाएका छन् ।
चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी) को भर्नाका विषयमा निजी मेडिकल कलेजसँग विवादित पीजी भर्नाको विषय भने उल्लेख छैन ।
पीजी अध्ययन गर्ने चिकित्सकहरुलाई ८ औं तहका चिकित्सक बराबर निर्वाह भत्ता दिनुपर्ने निर्णय आयोगले गरेको थियो । यो निर्णयले आर्थिक भार थप्ने भन्दै पीजीमा भर्ना निजी मेडिकल कलेजहरुलेनिजी मेडिकल कलेजहरुले लिएका छैनन् ।
यही विषयमा निजी मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगबीच विवाद हुँदा ७०० भन्दा बढी विद्यार्थीहरु पीजी अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ ।