पोखराको चुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर शिवको मूर्ति बन्ने
गण्डकी - पोखरा महानगरपालिका-२८ चुत्राकोटमा एक सय आठ फिट अग्लो अर्धनारीश्वर शिवको मूर्ति स्थापना हुने भएको छ ।
वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार मूर्तिका लागि संघ सरकारबाट एक करोड रुपैयाँ विनियोजन भएको छ । मूर्ति स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र मूर्तिसहितका अन्य संरचनाका निर्माणका लागि ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए । त्यस स्थलमा उद्यानलगायत संरचना पनि निर्माण गरिने छ ।
मूर्ति निर्माण गर्न पशुपति क्षेत्र विकास कोष, भारतीय राजदूतावाससँग परामर्श जारी रहेको उनले जानकारी दिए ।
पोखरा महानगरपालिका-२८ का चुत्राकोट, चिन्तेको डाँँडा, ठूलाकोट, नौरुङलाई समेटेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना सुनाउँदै उनले त्यसका लागि ७४ करोड रुपैयाँ खर्च हुने बताए ।
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१ १०:०५
प्रतिक्रिया दिनुहोस्