Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन

आइतबार, मंसिर ९, २०८१

सिन्धुपाल्चोक - साँगाचोकगढी नगरपालिका-१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाएका छन् ।

छ रोपनीमा रु. ३० लगानी गरेर खेती सुरु गरेका उनले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गरेका छन्  । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उनी बताउँछन् ।

विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुट का लागि गरेमा वार्षिक रु. १२ देखि १५ लाखसम्म कमाउन सकिने उनको सुझाव छ । जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उनले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाएका हुन् । वर्षको दुई पटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो रु पाँच सयभन्दा बढीमा बिक्री हुने गरेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाले  ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि रु. चार लाख सहयोग गरेको छ ।  एक पटक बिरुवा लगाएपछि समय-समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य काम  गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीबालीको तुलनामा यसको खेतीबाट  प्रशस्त आम्दानी हुने उनी बताउँछन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्