Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविलाई म्याद थपका लागि कास्की अदालतमा लगियाे

आइतबार, मंसिर ९, २०८१

पोखरा- सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि  जिल्ला अदालत कास्कीमा लगिएको छ । म्याद थपका लागि रविलाई आइतबार बिहानै अदालत पेश गरिएको हो ।

यसअघि कात्तिक २५ गते जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले रविलाई १३ दिन हिरासत राख्न अनुमति दिएको थियो । अदालतले दिएको म्याद शुक्रबार सकिएपछि आज आइतबार अदालत पेश गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमार्फत २५ दिनको म्याद थपको अनुमति माग्ने तयारी गरेको स्रोतले जनाएको छ ।  

रविलाई म्याद थपपछि यहीं हप्ता काठमाडौँ पठाइने स्रोतले जानकारी दिएको छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछाने कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट पक्राउ परेका थिए । कात्तिक ३ गते बिहानपख पोखरा ल्याइएकोमा कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएको थियो । लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो । त्यसपछि दोस्रो पटक ७ दिनको म्याद थपिएकोमा तेस्रो पटक कात्तिक २० गते १० दिनको म्याद थपिएको हो ।

यसअघि कात्तिक २५ गते जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले रविलाई १३ दिन हिरासत राख्न अनुमति दिएको थियो । रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्व डीआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जीबी) सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाइ र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराइएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्