सिनामङ्गलमा गेस्ट हाउसको कोठामा झुन्डिएको अवस्थामा दम्पत्तीको शव भेटियो
काठमाडौं– काठमाडौंको सिनामङ्गलस्थित एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा दम्पत्तीको शव भेटिएको छ।
प्रहरी फोरेन्सिक जाँचको टोलीसहित घटनास्थल पुगेको छ। प्रारम्भिक जानकारी अनुसार उनीहरू दम्पत्ती रहेको जानकारीमा आए पनि आधिकारिक रुपमा अझै पनि प्रमाणीकरणको काम बाँकी छ।
स्रोतका अनुसार सुनसरी दुहवीका रमेश माझी र शर्मिला माझीको शव झुन्डिएको अवस्थामा फेला परेको हो।
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१ १२:०४
प्रतिक्रिया दिनुहोस्