नेभिगेशन
राजनीति

जरिवानाबारेको पत्र नपाएको एमालेको ठोकुवा, बुझ्न नमानेको काठमाडौं महानगरको दाबी

काठमाडौं– दरबारमार्गमा शक्ति प्रदर्शनका नाममा नेकपा एमालेले गरेको जनसभाका क्रममा फोहोर पारेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना गराएको पत्र नपुगेको बताइएको छ। 

नेकपा एमालेले काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको जनाएको हो। यति मात्र होइन त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेको अड्डी छ। 

तर यता महानगरले भने पत्र बुझाउन जाँदा एमालेले लिन नमानेको दाबी गरेको छ। काठमाडौं महानगर भन्छ, ‘पत्र पठाइसकेको हो एमाले पार्टी कार्यलयले पत्र बुझ्न मानेन।’

7237409b-3c50-489d-acff-10fecbdcbce0-1732433318.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति