Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधिसभा सचिव अधिकारीले दिए राजीनामा

आइतबार, मंसिर ९, २०८१

काठमाडौं- प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सचिव पदबाट राजीनामा दिएका हुन् ।

अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको स्रोतले जानकारी दियो ।

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा छन् । सभामुख विदेश भएका बेला सचिव अधिकारीले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

असार १७ गते सभामुख घिमिरेले अधिकारीलाई प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार