Nic Ad Nic Ad
Nic Ad Nic Ad

कारण माग्दै सर्वोच्चले भन्यो– दुर्गा प्रसाईंलाई अर्को पेशीमा उपस्थित गराउनू

आइतबार, मंसिर ९, २०८१

काठमाडौं– विवादीत मेडिकल व्यावसायी तथा हाल साइबर अपराधमा अनुसन्धानका क्रममा रहेका दुर्गा प्रसाईंलाई अर्को पेशीमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। 

आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले आइतबार बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइपछि प्रसाईंलाई उपस्थित गराउन आदेश जारी गरेको हो। सर्वोच्चले थुनामा राख्नुको कारण पनि माग गरेको छ।

प्रसाईंका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर गएको शुक्रबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, डा. सुरेन्द्र भण्डारी र टंक दुलाले बहस गरेका थिए।
 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्