Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधि सभा सचिव अधिकारीको राजीनामा स्वीकृत

आइतबार, मंसिर ९, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत गरेका छन् । अधिकारीले आजै प्रतिनिधिसभा सचिव पदबाट राजीनामा दिएका थिए ।

राष्ट्रपति पौडेलले अधिकारीको राजीनामा सोमबार (मंसिर १० गते)देखि लागु हुने गरी स्वीकृत गरेका छन् । “राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संघीय संसद्को प्रतिनिधिसभा सचिव श्री सुरेश अधिकारीले संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधिसभाको सचिव पदबाट मिति २०८१ मंसिर ९ गते दिनुभएको राजीनामा मिति २०८१/८/१० देखि लागु हुने गरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार