Nic Ad Nic Ad
Nic Ad Nic Ad

ऋषभ पन्त आइपिएलको सबैभन्दा महङ्गा खेलाडी , श्रेयसको रेकर्ड १५ मिनेटमै तोडियो

आइतबार, मंसिर ९, २०८१

काठमाडौँ- ऋषभ  पन्त आइपिएलको सबैभन्दा महँगो खेलाडी भएका छन् ।

गत संस्करण दिल्लीको कप्तानी सम्हालेका भारतीय विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तलाई लखनउ सुपर जायन्ट्सले २७ करोडमा खरिद गरेको छ । बोलकबोलमा २० करोड पचहत्तर लाख पुगे पनि लखनउले एकै पटक ६ करोड २५ लाख बढाएपछि ऋषभलाई लखनउले लिन सफल भएको छ ।

ऋषभ भन्दा पहिले केहिबेरका लागि आइपिएलको सबैभन्दा महँगो खेलाडी बनेका थिए भारतका भरपर्दा ब्याट्सम्यान श्रेयस अय्यर ।उनलाई पन्जाब किङ्ग्सले २६ करोड ७५ लाखमा खरिद गरेको छ ।

गत सिजन कलकत्ता नाईट्स राईडर्सलाई उपाधि जिताएका श्रेयसलाई कलकत्ताले यो सिजन रिटेन नगरेपछि उनी अक्सनमा आएका थिए । उनले आफ्नो बेस प्राइस २ करोड राखेका थिए । पन्जाबसँग श्रेयसलाई पाउन दिल्ली क्यापिटल्स पनि पछि परेको थियो तर अन्त्यमा भने पन्जाबले नै हात पार्‍यो ।  

पन्जाबले यो बाहेक अर्शदिप सिंहलेका रूपमा अर्को महँगो खरिद गरेको छ । गत संस्करण पन्जाबबाटै खेलेका अर्शदिप सिंहललाई १८ करोड मा राइट टु म्याच कार्ड प्रयोग गर्दै पन्जाबले खरिद गरेको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्