Nic Ad Nic Ad
Nic Ad Nic Ad

होण्डा ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ योजना : कपिलवस्तुका इरफानले जिते १० लाख

आइतबार, मंसिर ९, २०८१

काठमाडौं - होण्डा नेपालले हालै सम्पन्न गरेको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुसीयाली बारबार’ अन्तर्गत एक भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ नगद पुरस्कार जितेको घोषणा गरेको छ ।

दसैँ, तिहार र छठ पर्वको रौनक मनाउन सुरु गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएको कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत, यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा रु.१० लाखसम्मको नगद पुरस्कार जित्न सक्ने अवसरबाट ६ जना भाग्यशाली ग्राहकहरूले पहिले नै १ लाख रुपैयाँ जितिसकेको र अन्ततः कपिलवस्तु शुद्धोधन–१ का इरफान अहमद मुसलमानले सिद्धि विनायक अटो इन्टरनेशनल प्रा.लि. भैरहवाबाट खरिद गर्दा १० लाख रुपैयाँको मुख्य पुरस्कार जितेको कम्पनीले जनाएको छ ।

विजेतालाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको हो । चाडबाडको रमाइलो बढाउँदै होण्डा बाइक र स्कुटर घर ल्याएर उत्सवमा खुसीयाली थप्ने ग्राहकलाई कम्पनीले धन्यवाद दिएको छ । साथै, आगामी दिनहरूमा पनि होण्डाले यस्ता धेरै योजनाहरू ल्याउने प्रतिज्ञा दिँदै शोरूमहरूमा आउन प्रोत्साहन गर्ने बताएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्