दुर्गा प्रसाईँ अस्पताल भर्ना
काठमाडौँ- साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अस्पताल भर्ना भएका छन् । उनी आइतबार साँझ वीर अस्पताल भर्ना भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतले जनाकारी दिएको छ ।
गत मंसिर ५ गते पक्राउ परेका प्रसाईँलाई आज म्याद थपका लागि अदालत लगिएको थियो । सो क्रममा उनले न्यायाधीश समक्ष आफू क्यान्सरको बिरामी भएको र उपचार गर्नु पर्ने माग राखेका थिए ।
उनको माग अनुसार जिल्ला अदालत काठमाडौंकी न्यायाधीश कमला पौडेलले प्रसाईको उपचार गर्न भन्दै प्रहरीलाई ध्यानाकर्षण गरेकी थिइन् ।
अदालतले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।