Nic Ad Nic Ad
Nic Ad Nic Ad

युद्धका कारण लेबनानबाट चार लाख सिरियाली शरणार्थी स्वदेश फर्किए

सोमबार, मंसिर १०, २०८१

 सिरिया - लेबनानबाट चार लाखभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फर्केका छन् । 

सिरियाबाट विस्थापित नागरिक स्वदेश फर्किन थालेपछि सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत गेइर पेडरसनले सिरियाका लागि आर्थिक सहयोग बढाउन आइतबार यहाँ आह्वान गरेका छन् । 


सिरियाली विदेशमन्त्री बासम साबबागसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै पेडरसनले भने, “सरकारले अहिलेसम्म जे गरेको छ त्यही गर्न र फर्कनेहरूलाई संरक्षण र सुरक्षा प्रदान गर्ने कार्य जारी राख्नुपर्छ।”

उनले भने, “हामीले अन्तर्राष्ट्रिय समुदायले आफ्नो जिम्मेवारी पूरा गरेको र यो अत्यन्तै कमजोर परिस्थितिमा सिरियालाई आफ्नो आर्थिक सहयोग बढाउन आवश्यक छ ।

सिरियाले सामना गरिरहेको व्यापक चुनौतीमाथि प्रकाश पार्दै पेडरसनले भने, “हामीले राजनीतिक स्थिति, सुरक्षा स्थिति, सिरियाको सार्वभौमिकता र स्वतन्त्रताको पुनर्स्थापनालाई सम्बोधन गर्न आवश्यक छ।”

सिरियामा सन् २०११ को मार्चदेखि गृहयुद्ध चलिरहेको छ जसका कारण लाखौं मानिस विस्थापित भएका छन् । लेबनानजस्ता छिमेकी मुलुकबाट शरणार्थीहरूको स्वदेश फिर्तीले देशको पहिलेदेखि नै संघर्षरत पूर्वाधारमा दबाब थपेको छ ।  
 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार