Nic Ad Nic Ad
Nic Ad Nic Ad

नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ छ, उपयोग छैन

सोमबार, मंसिर १०, २०८१

वीरगञ्ज(पर्सा) - ‘क्याथ ल्याब मेसिन’ जडान गर्ने स्थानका अभावमा नारायणी अस्पताल वीरगञ्जमा उपकरण थन्किएको छ । मुटुको शल्यक्रिया लगायतका उपचारमा प्रयोग हुन सो महत्त्वपूर्ण उपकरण सञ्चालनमा नल्याइँदा बिरामीलाई अन्यत्र रिफर गर्नुपरेको जनाइएको छ । 

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक निजी आपूर्ति कम्पनी मार्फत २०७६ चैत मा चार करोड ९२ लाख  १० हजार मूल्य पर्ने क्याथ ल्याब मेसिन अस्पताललाई आपूर्ति गरेको थियो । तर अस्पताल प्रशासनले भने मेसिन राख्ने भवनको अभाव देखाउँदै हालसम्म पनि सो मेसिन जडान हुन सकेको छैन ।

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले सघन सहरी तथा भवन निर्माण कार्यालयले गत २०७८ सालदेखि क्याथ ल्याब राख्ने भवन निर्माण गर्दै आइरहेको बताए । ‘‘कार्यालयले आगामी पुस महिनाभित्रै क्याथ ल्याब राख्ने भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने कुरा गरिरहेको छ,’’ उनले भने, क्याथ ल्याब मेसिन धेरै समय अघि अस्पतालमा आइसकेको छ । भवन तयार हुने बित्तिकै जडान गर्ने प्रक्रिया अघि बढाउनेछौं ।’’

 मेसु दासले क्याथ ल्याब जडानसँगै प्राविधिक जनशक्ति तयार पारेर यस वर्षभित्रै क्याथ ल्याब सञ्चालन गर्ने दाबी गरे ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्