Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुरो मिल्यो, जापान स्थगित गरी चीन उड्दै आरजु राणा

सोमबार, मंसिर १०, २०८१

काठमाडौं– सत्ता गठबन्धन प्रमुख घटक नेपाली कांग्रेस र नेकपा एमालेबीच बेल्ट एन्ड रोड इनिसिएटीभ (बीआरआई)को मतभेदमा सहमति भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तारतम्य मिलाउन परराष्ट्रमन्त्री आरजु राणा बिहीबार चीन जाने निधो भएको छ।

यसअघि उनी जापान जान लागेकी थिइन्। तर, त्यहाँको भ्रमण स्थगित भएको उनका प्रेस संयोजक एकराज पाठकले जनाएका छन्। निजी शिलशिलामा उपचारका लागि जापान जान लागेकी थिइन्। 

जापान भ्रमण स्थगित भएसँगै परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि १३ मंसिरमा सिधै चीन जाने कार्यतालिका तय भएको छ।

बीआरआईको सहयोग र अनुदान कार्यान्वयनमा जाने तर ऋण नलिने विषयमा कांग्रेस एमालेबीच सहमति भइसकेको छ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्