Nic Ad Nic Ad
Nic Ad Nic Ad

डीआईजी बढुवा सिफारिसः ‘नमस्ते टोली’लाई न्याय

सोमबार, मंसिर १०, २०८१

काठमाडौं– गृह मन्त्रालयको बढुवा समितिले आइतबार गरेको नेपाल प्रहरी नायव महानिरिक्षक (डीआईजी) बढुवामा राष्ट्रिय अनुसन्धान विभागबाट समायोजित टोलीलाई न्याय मिलेको छ।

अघिल्लो पटक नै बढुवा गरिनुपर्ने टोलीलाई माइनसमा राखेर तत्कालिन उपप्रधान तथा गृहमन्त्री हाल हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेले गरेको अन्यायलाई अहिलेको सरकारले सकारेको छ।

त्यसबेला छुटाइएकासहित आठ रिक्त पदमा डीआईजीका लागि सिफारिस भएको हो।  

बढुवा सिफारिस हुने एसएसपीमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द छन्। उनीहरू हालका प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरका ब्याची हुन्। 

प्रहरीमा ‘नमस्ते टोली’ भनी खिसी गरिए पनि विभिन्न युनिटमा उत्कृष्टता देखाएको टोलीले पनि यस पटक न्याय पाएको हो। 

समितिले सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई पनि डीआईजी बढुवामा सिफारिस गरेको छ। 

बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा गरिएको समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)टेकप्रसाद राईले जानकारी दिए।

यसअघि कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गर्दा छुटेकालाई समेटेर बढुवा सिफारिस भएको हो। अब एक सातापछि सिफारिसमा परेकाले डीआईजीको फूली लगाउनेछन्। 
 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्