नेभिगेशन
समाज विविध

सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग

काठमाडौँ- राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने भएको छ ।

राहदानी विभागले सूचना जारी गर्दै सेवा पूर्णरुपमा सञ्चालनमा ल्याउन एक-दुई साता लाग्ने अनुमान गरिएको बताएको हो ।

राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कप्युटरमा भाइरस प्रवेश गरेको निष्कर्ष निकाल्दै विभागले त्यसलाई फैलिन नदिन सेवा बन्द गर्नुपरेको स्पष्टीकरण दिएको छ ।

राहदानी विभागबाट आंशिक रूपमा भने सेवा प्रारम्भ गरिएको विभागले जनाएको छ । विभागका अनुसार एक(दुई दिनभित्रमा नयाँ आवेदन फाराम भर्नका लागि बुकिङ खुला गरिनेछ ।

भाइरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको र सेवाग्राहीको डाटा सुरक्षित रहेको विभागको भनाइ छ ।

राहदानी सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । आइतबार मात्रै सेवा बन्द भएपछि विभागमा सेवाग्राहीले नाराबाजी गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

FLASH NEWS : कक्षा १२ को परीक्षा स्थगित