Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओलीको दाहिनापट्टि हँसिलो मुद्रामा बसेका माधव नेपाल यस्तो सल्लाह दिएर फर्किए

सोमबार, मंसिर १०, २०८१

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुन देशको भ्रमण पहिला गर्ने भन्ने उल्झनमा नपर्नका लागि सल्लाह दिएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार ओलीले डोकेको पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव बैठकमा अध्यक्ष नेपालले यस्तो सल्लाह दिएका हुन्। 

ओलीको दाहिनापट्टि हसिलो मुद्रामा बसेका अध्यक्ष नेपालले भने,‘जुन देशले पहिला निम्ता दिन्छ त्यहि देशको भ्रमणमा जानुहोस्। द्विविधामा नपर्नुहोस्।’

चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सुझाव लिनका लागि बैठक डाकेका थिए। ओलीको भ्रमण तालिका र भेटघाटको मेसो मिलाउन परराष्ट्रमन्त्री आरजु राणा यहि १३ गते चीन उड्दैछिन्।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्